नेताहरुले भने : पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौं
२०८१ पुष २७ गते शनिवार
- शनिबार राप्रपा नेपालले काठमाडौंमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो ।
काठमाडौं :; राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ ।
शनिबार राप्रपा नेपालले काठमाडौंमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो ।
सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन भएको बताएका छन् ।
उनले भने, ‘आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, नेपाललाई एकीकरण गर्ने अभियानका अभियन्ता पृथ्वीनारायण शाह हुन् । उहाँले इतिहास रच्नु भएको छ ।’
यस्तै, राप्रपा नेपालका नेता पशुपति शमशेर जबराले पृथ्वीनारायण शाह मुलुकको निर्माता भएका हुनाले उनलाई सधैँ सम्झनुपर्ने बताए ।
उनले भने, ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् । सधैँ सम्झनु पर्छ । आजको दिन सधैँ सम्झनुपर्ने र खुशीको दिन हो ।’
कार्यक्रममा नेता भीम रावलले पनि पृथ्वीनारायण शाहले दिएको उपदेशलाई आत्मसाथ गरेको बताउँदै नेपाली भएर अरुको अगाडि झुक्ने अवस्था आउन नहुने बताए ।
उनले भने, ‘हामी जुन जात, धर्म र क्षेत्रको भएपनि शिर उठाएर हिड्नुपर्छ भनेर पृथ्वीनारायण शाहको उपदेशलाई आत्मसाथ गरेर हिडेका छौं । हामी नेपाली भएर अरुको अगाडि झुक्नु नपरोस,’
राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डोल प्रसाद अर्यालले पनि देशलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान रहेको बताए ।
उक्त चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत थुप्रै राजनीतिक दलका सदस्यहरुको उपस्थिती रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’